‘शत्रु गते’ को ‘रुपै मोहनी’ लाई युट्युबमा एक करोड भ्यु 

खरीबोट
ad

काठमाडौँ ।  फिल्म ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ लाई दर्शकले रुचाएका छन् । गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् । 

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठ र ह अर्थात् हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो । 

राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । 

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

फिल्म चैत्र ९ मा रिलिज हुनेछ । 

सम्बन्धित समाचार

‘शत्रु गते’ ५१औं दिनमा प्रवेश, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ५१औं दिनमा प्रवेश गरेको छ । बैशाख २९ गतेबाट फिल्म प्रदर्शनको ५१ औं दिनमा टेकेको हो ।  शनिवार साँझ फिल्म

दर्शकका साथै कलाकार, राजनीतिज्ञ र प्रधानसेनापतिलाई पनि मनपर्यो ‘शत्रु गते’

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले व्यवसायिक सफलता त पाएको छ नै साथै दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुली रहेको छ ।  फिल्मको वर्ड अफ माउथ

शत्रु गतेले ६ दिनमा ५ करोड ६२ लाख कमायो, मल्टिप्लेक्समा अझै हाउसफुल 

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले ६ दिनको हिसाव सार्वजनिक गरेको छ ।  राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपालकाजी

‘शत्रु गते’ लाई दर्शकको अपार माया, नेताहरुपनि हलमा पुगे 

काठमाडौँ । गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ‘शत्रु गते’ले ब्यापार मात्र राम्रो गरिरहेको छैन , वर्ड अफ माउथ पनि राम्रै पाईरहेको छ ।  फिल्म हेर्न पुगेका अधिकाँसले यसलाई रुचाएका छन् ।