• २०८१ बैशाख १२ बुधबार

माओवादी वैठक : तीन माओवादी नेतालाई कारवाही, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

kharibot

फाइल तस्बिर

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । 

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो । 

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए । 
बैठकमा यही फागुन ७ गते नेकपा (एमाले) सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो । 

त्यसैगरी बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै