संघीय सांसदलाई ज्येष्ठ सदस्य यादव र भट्टले शपथ खुवाउने

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ । संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएको छन् । 

ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए । निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ ।

प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये राजपाबाट निर्वाचित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसकी भट्ट ज्येष्ठ देखिएका छन् । ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछि मात्रै उनीहरुले अन्य सदस्यलाई शपथ खुवाउने छन् ।

निर्वाचन नभएसम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षका रुपमा जिम्मेवारी लिनेछन् । शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने यही फागुन २० गते हुने तय भएको छ ।

प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ः०० र राष्ट्रियसभाका सदस्यलाई ५ः०० बजे शपथ गराइने समय तोकिएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ः०० बजे संघीय संसद्को अधिवेशन आह्वान गरिसकेका छन् । 

शपथका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि नै संसद् भवनमा उपस्थित हुन सांसदलाई सचिवालयले आग्रह गरेको छ । शपथमा आउँदा राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा आउन सांसदलाई अनुरोध गरिएको संसद् सचिवालयका सहप्रवक्ता अर्यालले जानकारी दिए । 

निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र शपथमा लैजानुपर्ने व्यवस्था गरिएको छ । कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिन अगाडि नै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने छ ।

सम्बन्धित समाचार

संघीय सांसदका सदस्यहरु आ–आफ्नो भेषभूषामा !

पद तथा गोपनियताको शपथपछि संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आइतबार संघीय सांसदका सदस्यहरु आ–आफ्नो भेषभूषामा । तस्बिर : रत्न श्रेष्ठ, रासस

संघीय सांसदलाई ज्येष्ठ सदस्य यादव र भट्टले शपथ खुवाउने

काठमाडौँ । संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएको छन् ।  ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ

संघीय सांसदको सपथग्रहण फागुन २० गते हुने 

काठमाडौं  । संघीय सांसदको सपथग्रहण फागुन २० गते आइतबार हुने भएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको हो ।  फागुन