• २०८१ बैशाख ६ बिहीबार

त्रिशूलीको किनारमा ट्रक खस्दा तीन घाइते

kharibot

मलेखु । एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन् । 

हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । 

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै