• २०८१ बैशाख ८ शनिबार

पर्यटन बोर्डको भ्रष्टाचार प्रकरण : सुवास निरौलासहित तीनजना भ्रष्ट्राचारी ठहर 

kharibot

काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ । 

बोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

त्यस्तै लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजायँ सुनाएको छ । उनलाई ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार तोकिएको छ। 
वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गर्दै एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई यस्तो फैसला सुनाएको हो। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै