• २०८१ बैशाख १२ बुधबार

एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा टुंगियो, कसले कुन कुन मन्त्रालय पाउने भए ? 

kharibot

काठमाडौं । एमाले र माओवादीले मन्त्रालय भागवण्डा टुंगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिबार भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । भागवण्डा अनुसार एमालेले १० मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले ७ मन्त्रालय पाउने भएको हो ।

एमालेले अर्थ, परराष्ट्र सूचना तथा संचार, भौतिक योजना तथा यातायात मन्त्रालय राखेको छ भने माओवादीले गृह मन्त्रालयसहित उर्जा, उद्योग, शहरी विकास मन्त्रालय पाउने भएको छ । 

एमालेले पाउने मन्त्रालय:

१    अर्थ तथा योजना
२    परराष्ट्र
३    रक्षा
४    भौतिक पूर्वाधार तथा यातायात
५    संघीय मामिला तथा सामान्य प्रशासन
६    सूचना सञ्चार
७    कानुन, न्याय तथा संसदीय मामिला
८    पर्ययन
९    शिक्षा तथा खेलकुद
१०    स्वास्थ्य तथा जनसंख्या

माओवादीले पाउने मन्त्रालय : 

१    गृह
२    जलस्रोत तथा ऊर्जा
३    उद्योग, वाणिज्य तथा आपूर्ति
४    शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
५    वन तथा वातावरण
६    कृषि, सहकारी तथा भूमि व्यवस्थापन
७    श्रम तथा रोजगार तथा महिला बालवालिका
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै