• २०८१ बैशाख १२ बुधबार

सन्दीप लामिछानेलाई सानिमा बैंकको सम्मान, मासिक ४० हजार दिने 

kharibot

काठमाडौँ । सानिमा बैंकले युवा क्रिकेटर सन्दीप लामिछानेलाई दुइ बर्षसम्म मासिक ४० हजार रकम दिने भएको छ ।

सन्दीपको सम्मानमा आयोजित कार्यक्रममा बैंकले सो घोषणा गरेको हो । 

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सन्दीपलाई अभिनन्दन गरेका थिए । कार्यक्रममा हरिवंश आचार्यले पहिला सचिन तेन्दुलकर नेवार भएको दाबी गरिन्थ्यो भन्दै अब त्यसो गर्ने दिन गएको भन्दै ‘आज हामीले त्यस्तो दाबी गर्नु पर्दैन । सन्दिप लामिछाने हाम्रो नेपाल हो भन्ने दिन आयो’ भनेका थिए ।

कार्यक्रममा कप्तान पारसले सन्दिप आईपीएलमा आवद्ध हुनु ऐतिहासिक क्षण भएको बताउदै जितपछि पाउने सम्मान राम्रो भएपनि यसलाई संस्थागत गर्न सक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सन्दीपले भर्खर अन्तराष्ट्रिय करियर सुरु गर्दा पाएको सानिमा बैंकको साथले हौसला मिलेको स्मरण गर्दै आगामी दिनमा राम्रो प्रदर्शन गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै