• २०८१ बैशाख ६ बिहीबार

प्रदेश २ का मुख्यमन्त्री राउतलाई काँग्रेस बाहेक सबै दलको समर्थन 

kharibot

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एमाले, माओवादी केन्द्रसहित ८७ सांसदको समर्थन प्राप्त भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सभामा राखेको बिश्वाशको प्रस्तावमा काङ्ग्रेस बाहेक सबै दलले समर्थन गरेको हुन् । 

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग विश्वासको मत मागेका थिए । लालबाबु राउत फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ मा प्रदेश मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार राउतले आज विश्वासको मत लिएका हुन् ।

प्रदेश २ मा फोरम २९, राजपा २५, एमाले २१, कांग्रेस १९, माओवादी ११, नेपाल संघीय समाजवादी पार्टी १, स्वतन्त्र १ गरी १०७ सांसद रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै