• २०८१ बैशाख ७ शुक्रबार

पेरुमा भएको बस दुर्घटनामा ४४ जनाको मृत्यु 

kharibot

लिमा (रासस/सिन्ह्वा) । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । 

पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उनले बताए । 

गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए । गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो । 

अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै