• २०८१ बैशाख ६ बिहीबार

कति समयसम्म सम्भोग गर्ने ? नयाँ अध्ययनले पत्ता लगायो सम्भोगको औसत अवधि !

kharibot

युरोप । मानिसहरु केही काम नहुँदा प्रायः सम्भोगकै कुरा गर्छन् भन्दा तपाईंलाई अचम्म नलाग्ला । सम्भोग पूर्णतया जैविक क्रियाकलाप हो ।

यो मानवका लागि मात्रै नभएर सबै जीवका लागि अत्यावश्यक कुरा हो । सम्भोगबारे अनेकौँ तथ्यहरु बाहिर आइराख्छन् । भर्खरै यसबारे गरिएको अध्ययनले सम्भोगको औसत अवधि पत्ता लगाएको छ । खासमा कति समयसम्म सम्भोग गर्ने त ? 

नयाँ अध्ययनअनुसार शारीरिक सम्भोगको औसत समय ५.४ मिनेट हो ।  युनिभर्सिटी अफ क्विन्सल्यान्डका डा. ब्रेन्डेन जिचका अनुसार अध्ययनमा ५०० जोडीहरुसामु घडी नै लिएर यसबारे अध्ययन गरिएको थियो । यसमा खास गरी सम्भोगको आनन्ददायी क्षणको सुरु विन्दुदेखि अन्तिम अवस्थाको विन्दुसम्मको समयावधि खोजिएको थियो । उक्त बेला निकै असहज महसुस गरिएको डा. ब्रेन्डेनले अनुभव सुनाए । यद्यपि यो नै पूर्ण तथ्य नभए पनि तथ्यको नजिक भएको उनको भनाइ छ । 

अध्ययनले सम्भोगको मुख्य समय एकदमै छिटोमा ३३ सेकेन्डदेखि धेरै लामोमा ४४ मिनेटसम्म हुने पत्ता लाग्यो । जसमध्ये औसत समयचाहिँ ५.४ मिनेट रहेको उक्त अध्ययनबाट पत्ता लागेको बताइएको छ । 

मोटा मानिसको ढिलो 
त्यस्तै टर्कीमा रहेको एर्सिज युनिभर्सिटीले गरेको एक अध्ययनले भने मोटा मानिसहरुको सम्भोग अवधि लामो हुने पत्ता लगाएको थियो । खासगरी मोटो र भुँडी ठूलो भएका मानिसहरुको सम्भोगको औसत अवधि ७.३ मिनेट पत्ता लागेको थियो, जुन अन्यको तुलनामा लामो हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै