• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने 

kharibot

काठमाडौँ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । 

उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै कांग्रेसको संघीय संसदका संसदहरुको संयुक्त बैठक शनिबारलै बोलाइएको छ ।

बैठकले संसदीय दलको नेता चुन्ने प्रक्रिया तय गर्ने बताइएको छ ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्। 

सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफू दलको नेता बन्ने घोषणा गरेका छन् । तर, पूर्वमहामन्त्री सिंह भने सभापतिविरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिस्पर्धा गर्ने पक्षमा छन्।

३३४ सदस्यीय संघीय संसद् (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) मा कांग्रेसका ७६ सदस्य छन् ।  जसमा सभापति देउवा पक्षका ४२, नेता रामचन्द्र पौडेल निकट ३० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका ४ सांसद छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै