• २०८१ बैशाख १४ शुक्रबार

भ्रष्टाचार हुने मुलुकहरूमा नेपाल १२२औं स्थानमा, न्यूजील्यान्ड सबैभन्दा कम भ्रष्ट्राचार हुने देश 

kharibot

काठमाडौं  । नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ । १८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको हो  ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले  सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपाल  भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको हो । गत वर्षको रिपोर्टमा  नेपाल भ्रष्टाचार  हुने मुलुकको १३१औ स्थानमा रहेको थियो ।  

रिपोर्ट अनुसार गत वर्ष भन्दा नेपालमा हुने गरेको भ्रष्टाचारमा केही सुधार आएको भएतापनि उक्त परिणाम सन्तोषजनक भने देखिएको छैन । 

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार मापन सम्बन्धि मापदण्डका अनुसार ० अंक पाउने मुलुकहरूमा अत्याधिक मात्रामा भ्रष्टाचार हुने गर्छ । भने १०० अंक पाउने मुलुक भ्रष्टाचार रहित हुन्छ ।

न्यूजील्यान्ड र डेनमार्क भ्रष्टाचार सबैभन्दा कम हुने मुलुकको सूचीमा परेका छन् भने अफगानिस्तान विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सुचीमा परेको छ । त्यस्तै भ्रष्ट्राचार कम हुने मुलुकको तेस्रो स्थानमा फिनल्याण्ड, नर्वे र स्विटजरल्याण्ड रहेका छन् भने सिंगापुर, स्विडेन, क्यानाडा पनि कम भ्रष्ट्राचार हुने मुलुकको सुचिमा रहेका छन् ।

दक्षिण एसियाली मुलुकहरू भारत ८१औ स्थानमा रहेको छ भने श्रीलंका ९१औ स्थानमा, माल्दिभ्स ११२औ स्थानमा, पाकिस्तान ११७औ स्थानमा, म्यान्मार १३०औ स्थानमा, बंगलादेश १४३औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै