• २०८१ बैशाख ४ मंगलबार

एमाले-माओवादी कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

kharibot

काठमाडौँ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका सम्बन्धमा आवश्यक दस्तावेज तयार गर्न गठन गरेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा कार्यदलले तयार गरेको विधान तथा संगठनात्मक मस्यौदालाई अन्तिम रुप दिइने बताइएको छ ।

यस अघि आजै मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार विस्तारका बारेमा छलफल भएको बताइएको छ । 

आजै कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा टुंगाएर सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुने तयारी गरिएको छ । 

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै