• २०८१ बैशाख ७ शुक्रबार

बागी २ मा टाइगर भए निबस्त्र, यस्तो छ ट्रेलर (भिडियो सहित)

kharibot

मुम्बई  । टाइगर सराफको नयाँ फिल्म बागी २ को ट्रेलर सार्वजनिक भएको छ  ।

एक्शनले भरिपूर्ण ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएका छन्  । तर टाइगरको यस फिल्ममा उनले एक सिनमा सबै कपडा खोलेको विषय अहिले चर्चाको विषय बनेको छ  । सो सिनमा कुनै अस्लिलता नदेखाई टाइगरलाई बिना कपडा देखाइएको छ  । 

फिल्ममा अभिनेताहरुले आफ्नो पुरै कपडा खोलेको यो पहिलो पटक भने होइन  । यस अघि अभिनेता जोन अब्राहमले फिल्म न्युयोर्कमा पनि एक सिनमा सबै कपडा खोलेर निबस्त्र भएको सिन दिएका थिए  । त्यस्तै फिल्म जेलका लागि अभिनेता निल नितिन मुकेशले एक सिनमा आफ्ना सबै कपडा खोलेको सिन दिएका थिए  । त्यस्तै फिल्म पिकेमा अभिनेता आमिर खानले पनि आफ्ना सबै कपडा खोलेर रेडियो बोकेको चर्चित सिन दिएका थिए  ।  त्यस्तै नेशनल अवार्ड विजेता राजकुमार रावले पनि फिल्म शाहिदको एक सिनमा बिना कपडा देखिएका थिए  । 

फिल्म बागी २ मा निबस्त्र देखिएका टाइगरले ट्रेलरमा जस्तै फिल्ममा सफलता पाउछन या पाउदैनन् त्यो भने आगामी मार्च ३० मा थाहा हुने छ ।  यस फिल्ममा टाइगरकि प्रेमिका दिशा पटानी, मनोज वाजपेयी, रणदीप हुडा लगायतका कलाकारको अभिनय रहेको छ ।  फिल्मलाई साजिद नाडीयाडवालाले निर्माण गरेका हुन् भने फिल्मलाई अहमद खानले निर्देशन गरेका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै