• २०८१ बैशाख ७ शुक्रबार

म्यान्चेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो, गोल किपर डिगाले हारबाट बचाए 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा इङलिश प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेड र  स्पेनिस क्लब सेभिया बराबरीमा रोकिएका छन् ।

गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले सेभियाकै मैदानमा बराबरीमा रोक्न सफल भएको हो ।

सेभियाले खेलभरी म्यान्चेष्टर युनाइटेडको पोस्टमा कुल २५ प्रयास गरेको थियो । युनाइटेडका गोल किपर डेभिड डी गाले उत्कृष्ट बचाउ गर्दै युनाइटेडलाइ हारबाट बचाएका थिए ।

चार बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरण खेलिरहेको म्यान्चेष्टर युनाइटेडले केही मौका पाएपनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन । अब खेलको दोस्रो लिग युनाइटेड घरेलु मैदानमा मार्च १४ मा खल्ने छ ।

त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत भएको अर्को खेलमा इटालिन क्लब रोमालाई  शाख्टार डोनेस्ट्कले २-१ ले पराजित गर्दै पहिलो लिगमा अग्रता बनाएको छ ।
खेलमा रोमाले पहिलो हाफमा लिएको एक गोलको अग्रता उल्टाउँदै शाख्टारले जित निकाल्न सफल भएको छ ।

खेलको ४१औं मिनेटमा सेन्जिज अण्डरले गोल गर्दै रोमालाई पहिलो हाफमा एक गोलको अग्रता दिलाएका थिए । तर ५२ औं मिनेटमा शाख्टारले बराबरी गोल फर्कायो ।फाकुन्डो फरेराले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि  ७१औं मिनेटमा फ्रेडले गोल गर्दै शाख्टार डोनेस्ट्कलाई जित दिलाएका थिए ।

दुवै बीचको दोस्रो लिग आगामी मार्च १४ मा हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै