• २०८१ बैशाख १३ बिहीबार

सेञ्चुरी कमर्सियल बैंकको पाँच नयाँ शाखा विस्तार

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ ।

 देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुुन ।  

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै