• २०८१ बैशाख १२ बुधबार

पाकिस्तानी दूतावासद्वारा निबन्ध लेखन प्रतियोगिता आयोजना

kharibot

काठमाडौं । राजधानीमा रहेको नेपालका लागि पाकिस्तानी दूतावासले निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संस्थाका प्रमुख हिमालय शमशेर राणाको प्रमुख आतिथ्यमा बुधाबार प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ । 

आजको विश्वमा छिमेकी महत्वपूर्ण हुन्छ तर छिमेकबीचको निकटता पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने शीर्षक दिएर प्रतियोगिता आयोजना गरिएको थियो । निबन्ध लेखनमा आयुषा भट्टराई पहिलो, सम्झौता भट्टराई दोस्रो र मालिका हुमागाईं तेस्रो भएका थिए ।  प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने विद्यार्थीलाई क्रमशः ४०, ३५ र ३० हजार रुपैयाँ नगद तथा प्रमाणपत्रसहित पुरस्कार दिइएको थियो । 

त्यस्तै, दूतावासले के मानिसहरु सूचनाप्रविधिमा धेरै नै आश्रित भएका हुन् ? भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता वक्तृत्वकलामा डेनिसा चौलागाईं पहिलो, राहुल देवान दोस्रो, एलिजा सिंह खड्का र भावना भण्डारी चौँथो भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार वक्तृत्वकलामा उत्कृष्ट तीन जनालाई क्रमशः ४०, ३५, ३० तथा चौँथो हुनेलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । 

प्रतियोगितामा उच्च माध्यमिक तहका १५ सय नेपाली विद्यार्थीले भाग लिएको दूतावासले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै