• २०८१ बैशाख १४ शुक्रबार

प्राइम लाइफको ९७ करोड ६३ लाखको हकप्रद यही २७ गते

kharibot

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले यही फागुन २७ गतेबाट ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।

बीमा समितिको निर्देशनअनुुसार जीवन बीमा कम्पनीहरुले न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट एक बराबर एक दशमलव छ को अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहेकोे ९७ लाख ६३ हजार दुुई सय कित्ता हकप्रद सेयर बिक्रीको लागि आह्वान गरेको हो । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रदको बिक्री कार्य आगामी बैशाख दुुई गतेसम्म जारी रहने छ । अधिकृत पुँजी दुुई अर्ब ५० करोड तथा जारी पुँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ६१ करोड दुुई लाख रुपैयाँ रहेको छ ।

हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै