काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को आगामी संस्करणका लागि खेलाडीको अक्सन भएको छ ।
बुधबार सम्पन्न्न अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन्।
आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर पुन सर्वाधिक महँगा खेलाडी भए । उनीहरुलाई १ लाख ५० हजार रुपैयाँमा विभिन्न टिमले किनेका छन् ।
वसन्तलाई विराटनगर किंग्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रुपेन्देही च्यालेन्जर्सले खरिद गरेको हो । यस्तै, पृथु बास्कोटालाई विराटनगरले र नरेश बुढाऐरलाई काठमाडौंले समान १ लाख २० हजारमा किनेको हो ।
विराटनगरले आरिफ सेख, रामनरेश गिरी, सौरभ खनाल तथा दीलिप नाथलाई समान १ लाख रुपैयाँ दिँदै टोलीसँग अनुबन्ध गरेको छ ।
सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलार्इ समान १ लाख खर्चियो भने सन्दीप जोरालाई ९०, सुवास खकुरेललाई ८०, प्रेम तामांगलाई ५५ हजारमा किन्यो ।
त्यस्तै काठमाडौं गोल्डन्सले ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतोलाई समान १ लाख रुपैयाँमा अनुबन्ध गर्यो भने सन्तोष भट्टलाई ९५, रसिद खानलाई ५५ हजार खर्च गर्यो ।
त्यसै गरी करण र आरिफलाई १ लाख ५० हजार मुल्य तिरेको महेन्द्रनगर युनाइटेडले हरिशंकर साहलाई ९५ हजार, अविनाश कर्णलाई ८० हजार तथा प्रनित थापामगरले ६५ हजार तिरेर भित्रायो ।
रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई सर्वाधिक मूल्य तिर्नुका साथै विक्रम भुषाललाई १ लाख, जितेन्द्र मुखियालाई ९० हजार तथा प्रदिप ऐरीका लागि ८० हजार खर्च गर्यो ।
यस्तै, टिम चौराहा धनगढीले ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की र सोनु तामांगलाई समान १ लाख खर्चियो भने राजेश पुलामी मगरलाई ८० तथा शंकर रानालाई ५५ हजार रुपैया खर्च गर्यो ।
कुन टिमले कुन खेलाडी कतिमा किने ?
१. विराटनगर किंग्स :
रणनीतिक खेलाडी : पारस खड्का
१ बसन्त रेग्मी : १५००००
२ पृथु बास्कोटा : १२००००
३ सुबोध ऐर : २५०००
४ पवन सराफ : १०००००
५ रामनरेश गिरी : १०००००
६ सौरभ खनाल : १०००००
७ पुरन बिक : ५००००
८ अभिनाश बोहोरा : ५००००
९ दिलिपनाथ : १०००००
१० अनिल कुमार शाह : १०००००
११ मन्जित श्रेष्ठ : ७५०००
१२ फिर्तोष अन्सारी : २५०००
२. सिवाइसी अत्तरिया :
रणनीतिक खेलाडी : दिपेन्द्रसिंह ऐरी
१ सुबास खकुरेल : ८००००
२. सागर भण्डारी : २५००००
३. सन्दीप जोरा : ९००००
४. प्रेम तामाङ : ५५०००
५. कुशल भुर्तेल : १०००००
६. कमला सिंह ऐरी : ५५०००
७. बिनोद लामा : ५५०००
८. भुवन केसी : २५०००
९. आकाश थापा : २५०००
१०. रोमन बम : २५०००
३. काठमाडौँ गोल्डेन्स :
रणनीतिक खेलाडी : ज्ञानेन्द्र मल्ल
१ नरेश बुढाऐर : १२००००
२ ललित राजबंशी १०००००
३ बिक्रम ठगुन्ना : २५०००
४ अमित श्रेष्ठ : १०००००
५ किशोर महतो : १०००००
६ सन्तोष भट्ट : ९५०००
७ रशिद खान : ५५०००
८ संजय श्रेष्ठ : ३००००
९ शाहाब आलम : १०००००
१० भुपेन्द्र थापा : ३००००
११ संजय बस्नेत : २५००००
४.महेन्द्रनगर युनाइटेड
रणनीतिक खेलाडी : बिनोद भण्डारी
१. करण केसी : १५००००
२ अभिनाश कर्ण : ८००००
३ आरिफ शेख : १५००००
४ नारायण जोशी : २५०००
५ प्रनित थापा मगर : ६५०००
६ हरिशंकर शाह : ९५०००
७ अरुण ऐरी : ४५०००
८ भुवन कार्की : १०००००
९ असिफ सेख : ५५०००
१० रोहित कुमार पौडेल : १०००००
११ रोबीन छेत्री : २५०००
१२ दिपेन्द्र चन्द : २५०००
५. रुपन्देही च्यालेन्जर्स
रणनीतिक खेलाडी : शक्ति गौचन
१. जितेन्द्र मुखिया : ९००००
२. सगर पुन : १५००००
३. प्रदीप ऐरी : ८००००
४. प्रकाश जैसी : १५०००
५. कुशल मल्ल : ५५०००
६. बिपिन खत्री : ३००००
७. बिक्रम कुमार भुसाल : १०००००
८. सोनु अन्सारी : ५००००
९. सुशन भारी : १०००००
१०. सिद्धान्त लोहनी : १०००००
११. अमर सिंह रोउतेला : ५००००
१२. दिपेश श्रेष्ठ : ५००००
६ . टिम चौराहा धनगढी :
रणनीतिक खेलाडी : सोमपाल कामी
१. राजेश पुलामी मगर : ८००००
२. विजय राना : १००००
३. आयुष कन्दोई : ३००००
४. योगेन्द्र सिंह कार्की : १०००००
५. ललित भण्डारी : १०००००
६. सोनु तामाङ : १०००००
७. शंकर राना : ५५०००
८. रबिन्द्र जंग शाही : ५५०००
९. संसाद शेख : ५००००
१०. महेश अधिकारी : २५०००
११. सुनील धमला : १०००००
१२. राजु रिजाल : ५००००