• २०८१ बैशाख १३ बिहीबार

सूचक तथा कारोबार रकम दुवैमा उच्च गिरावट, नेप्से रातै

kharibot

काठमाडौं । साताको चौंथो कारोबार दिन आज बुुधबार नेप्से सूचक तथा कारोबार रकम दुवैमा उच्च अंकले गिरावट आएको छ ।

नेप्से नौ दशमलव ६४ अंंकले घटेर १३ सय ८७ दशमलव आठ विन्दुुमा झर्दा सेन्सिटिभ दुुई दशमलव १२ अंकले घटेर दुुई सय ९३ दशमलव ३८ विन्दुुमा झरेको छ ।

नेप्सेमा आज सबैगरी कुुल एक सय ४५ कम्पनीहरुको तीन हजार दुुई सय २८ वटा कारोबारमा सात लाख १३ हजार छ सय ४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २८ करोड ५५ लाख तीन हजार आठ सय २४ रुपैयाँ पुुगेको छ । 

सबैगरी आज नौ वटा समूहको कारोबार भएकोमा सबै सूचक घटेर नेप्से पुरै राताम्मै भएको छ ।  उच्च अंकले घटेको बीमा समूहको सूचक ३६ दशमलव ९८ अंकले घटेर सात हजार ३३ दशमलव ६२ विन्दुुमा झरेकोमा पाँच करोड २८ लाख ९५ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समूहको सूचक पनि १८ दशमलव ४३ अंकले घटेर १७ सय ४५ दशमलव २६ विन्दुुमा झरेकोमा एक करोड १७ लाख नौ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज बाँणिज्य बैक समूहको सूचक आठ दशमलव ८६ अंकले घटेर १२ सय १५ दशमलव ३० विन्दुुमा झरेकोमा १० करोड ४९ लाख ६० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक पनि १२ दशमलव ५२ अंकले घटेर १५ सय ७६ दशमलव ४५ विन्दुुमा झरेकोमा चार करोड ४३ लाख ५२ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक आज फाईनान्स, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको शुुर्र्याेदय लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य तीन रुपैयाँ ८८ पैसाले घटेर नौ सय ६५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको युुनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ३८ पैसाले घटेर दुुई सय ११ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ओम डेभलपेमन्ट बैकको दुुई सय २९ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५४ लाख ६४ हजार पाँच सय चार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ पनि आज १२ हजार सात सय ७५ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १० लाख ३१ हजार दुुई सय १० रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै