• २०८१ बैशाख १२ बुधबार

स्वचालित प्रविधि ह्याकरको हातमा परे ठूलो विनाश : अध्ययन 

kharibot

फ्र्यांकफर्ट । कृत्रिम प्रतिभा अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो विकासले जोखिम बढाएको अध्येताहरुले बताएका छन् । ह्याकरहरुले ह्याक गरी त्यस्ता एआईलाई गलत प्रयोग गर्ने जोखिम बढेको हो । 

ह्याकरहरुले स्वचालित ह्याकिंग आक्रमण भविष्यमा गर्ने देखिएको हो । त्यस्तो आक्रमण चालकरहित सवारीसाधन, ड्रोनलगायतमा हुन सक्ने नयाँ प्रतिवेदनले चेतावनी दिएको हो ।

क्याम्ब्रिज, अक्साफोर्ड र येल विश्वविद्यालयका २५ जना प्राविधिक र सार्वजनिक नीतिसम्बन्धी अध्येताहरुले बुधबार निजी क्षेत्र र सैन्य क्षेत्रका विज्ञहरुसँगै एआईको गलत प्रयोग हुने जोखिम बढेको चेतावनी अध्ययनमा दिएका हुन् । उक्त अध्ययनमा निरंकुश देशहरु, अपराधीहरु र ह्याकरहरुले एआईको गलत प्रयोग गरी जोखिम थप्ने उल्लेख छ । 

खासगरी डिजिटल, भौतिक र राजनीतिक सुरक्षामा यसले चुनौती थप्ने बताइएको छ । एआईको दुरुपयोगद्वारा हुने नोक्सानी ठूलो परिमाणको, लक्ष्यभेदी र उच्च प्रभावकारी आक्रमण हुनेछ । अक्सफोर्डको फ्युचर अफ ह्युम्यानिटी इन्स्टिच्युटका एक अध्येता माइल्स ब्रुन्डेजले एआईको सकारात्मक प्रयोगबारे सबैले सहमति गरेको बताएका छन् । तर गलत प्रयोग हुनसक्नेतर्फ भने सचेत हुन बाँकी रहेको उनको भनाइ छ । 

एआईहरुले कुनै पनि कार्य गर्नुपर्दा मानवीय बुद्धि खोज्छ । प्रविधिको बढ्दो स्वचालितीकरणले जोखिम बढ्नसक्ने देखिएको हो । एआईलाई प्रयोग गरेर आक्रमण गर्न थालिए थोरै मूल्यमा मानवीय विज्ञताविनै प्रभावकारी विनाश गर्न सकिने भएकाले पनि यस क्षेत्रका विज्ञहरु सशंकित भएको उक्त अध्ययनमा उल्लेख छ । 

  • रोयटर्सबाट । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै