मेसीको चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल, यी हुन् मेसीले गोल नगरेका प्रमुख टिम 

खरीबोट
ad

काठमाडौँ । लियोनेल मेसीले चेल्सीविरुद्ध आफ्नो क्यारियर कै पहिलो गोल गरेका छन् । 

गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा मेसीले खेलको ७५औ मिनेटमा गोलगर्दै इङलिश च्याम्पियन चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल गरेका हुन् । 

मेसीलाई गोल गर्ने अवसर भने बार्सिलोनाका प्लेमेकर आन्द्रे इनेष्टाले जुराईदिएका थिए । चेल्सीका खेलाडीको गलत पासको फाइदा उठाउदै इनेष्टाले डी बक्स भित्र रहेका मेसीलाई पास मिलाइदिएका थिए, जुन अवसरलाई मेसीले खेरा फालेनन् र ऐतिहासिक गोल गर्न सफल भए ।

चेल्सीविरुद्ध गोल गर्न मेसीले ९ खेल खेल्नु पर्यो भने ३०औ सट हान्दा पहिलो गोल गरेका थिए ।

बार्सिलोना र चेल्सीबीच १-१ गोलको बराबरीमा सकिएको पहिलो लिग पछि अब बार्सिलोनाको घरेलु मैदानमा आगामी मार्च १४ मा निर्णायक खेल हुने छ ।

मेसीले गोल नगरेका प्रमुख टिम :

मेसीले आफ्नो क्यारियर खेलेका ९ टिमविरुद्ध अझै गोल गर्न सकेका छैनन् ।

मेसीले च्याम्पियन्स लिगमा इन्टर मिलान, लिभरपुल, बेनिफिका, रुबिन कजान र उडीनेसविरुद्ध खेलेपनि गोल गर्न सकेकाका छैनन् ।

त्यस्तै ला लिगामा मेसीले जेरेज र रियल मुरीकाविरुद्ध २-२ खेल खेलेपनि गोल गर्न सकेका छैन भने काडीजविरुद्ध एक खेल खेलेर कुनै गोल गरेका छैनन् । त्यस्तै क्लब विश्वकपमा अल साड कतारविरुद्ध बर्सिलोनाले ४-० को जित निकाले पनि मेसीले गोल गरेका थिएनन् । त्यस्तै कोपा डेल रे मा ग्रामेनेटविरुद्ध मेसी एक खेल खेलेका छन् जुन खेलमा पनि मेसीले गोल गरेका छैनन् ।   
     
 

सम्बन्धित समाचार

चीनको ‘डेब्ट डिप्लोमेसी’ र प्रधानमन्त्री ओलीको चीन भ्रमण 

काठमाडौं । प्रधानमन्त्री ओली मंगलबार पाँचदिने चीन भ्रमणका लागि बेइजिङ जानलागेका छन् । भ्रमणलाई लिएर विविध पक्षबाट विविधखाले टीकाटिप्पणी सुरु भइसकेको छ । खासगरी ओलीको चीन भ्रमणलाई भारतले शंकास्पद रुपमा पक्कै

प्रधानमन्त्री ओलीज्यू मेसीले जस्तो पेनाल्टी मिस गर्नुभयो, अब रोनाल्डो बन्नुस् 

काठमाडौँ । अहिले विश्वकपको चर्चा सबै तिर छ । गत विहिबारदेखि सुरु भएको विश्वकप फुटबल सुरुमै रोमान्चक खेल हुदैछन् । तपाई प्रधानमन्त्री भएको पनि चार महिना बितिसकेको छ ।  सुनिदै

आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, मेसीले गरे पेनाल्टी मिस 

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको छ ।  शनिबार भएको खेलमा अर्जेन्टिना र आइसल्याण्ड १-१ गोलको बराबरीमा रोकिएका हुन् । अर्जेन्टिनाका लागि स्टार खेलाडी लियोनेल मेसीले पेनाल्टी मिस

विश्वकप प्रिभ्यु : जाइन्ट किलर आइसल्याण्ड र अर्जेन्टिनाको भिडन्त आज, डेभ्यु गरेकै दिन खेल्दैछन् मेसी  

काठमाडौँ । विश्वकप फुटबलमा समुह डी मा रहेका अर्जेन्टिना र आइसल्याण्डबीच आज खेल हुदै छ । यी दुई टीमबीच नेपाली समय अनुसार ६:४५ बजे खेल हुदै छ । यस विश्वकपको