• २०८१ बैशाख ८ शनिबार

सिईओले राजीनामा दिदा कम्पनिको ५१ सय करोड चट 

kharibot

इन्फोसिसका राजीनामा दिएका सिईओ बिशाल सिक्का

नयाँ दिल्ली । भारतको चर्चित आइटी कम्पनि इन्फोसिसका सिईयो बिशाल सिक्काले राजीनामा दिदा कम्पनीलाई सेयर बजारमा ठुलो घाटा बेहोर्नु परेको छ ।

एकै दिन कम्पनिको सेयरमा करिब १० प्रतिशतको गिरावट आएको छ । सेयर बजारमा गिरावट आउदा लगानी कर्तालाई करिब ५१ सय करोडको घाटा लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय सेयर बजारमा प्रति सेयर रु. १६३३ रुपियामा रहेको इन्फोसिसको सेयर सिक्काले राजीनामा दिएको खव बाहिरिना साथ रु १४१४ मा झरेको थियो । राजीनामा दिनु अघि ३.७५ लाख करोड बजार मुल्य रहेको इन्फोसिसको सेयरको राजिनामा दिए पछि ३.२३ लाख करोड भएको थियो ।

पछिल्लो समयमा कार्यकारी प्रमुख सिक्काको सेवा सुबिधालाई लिएर विवाद भैरहेको बताइएको छ । भारतीय मिडियाका अनुसार सिक्का प्रमुख कार्यकारी बन्दा जति फाइदा कम्पनीलाई भएको थियो, त्यसको ४५ प्रतिशत एकै दिनमा गएको छ । इन्फोसिसका संस्थापक नारायण मुर्तिले भने सहि समयमा सहि निर्णय गर्ने भन्दै आफुले आफ्ना बच्चाका लागि पोजिसन नचाहेको बताएको पिटीआइले इल्लेख गरेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै