• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा, को को बन्दैछन् मन्त्री ?

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको सहमतिसँगै अब प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई आज पूर्णता दिने बताइएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले पनि आज सरकारले पूर्णता पाउने दाबी गरेका छन् । 

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रस्ताव अनुसार प्रधानमन्त्री कार्यालयसहित १५ मन्त्रालय हुने भनिएको भएपनि सो प्रस्तावलाई संशोधन गरेर मन्त्रिपरिषद् १८-२० जनासम्मको बनाउने तयारी भएको छ ।

मन्त्रीमा कसकसको चर्चा ?

एमाले र माओवादी दुवै पार्टीका नेताहरु मन्त्रीका लागि दौडधुपमा रहेका छन् । एमालेबाट ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट , रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, युवराज खतिवडा लगायतको नाम चर्चामा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, चन्द्रप्रकास खनाल ‘बलदेव’, शक्ति बस्नेत, जयपुरी घर्ति, पम्फा भुसाल लगायतको चर्चा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै