• २०८१ बैशाख १३ बिहीबार

कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

kharibot

जितपुर । यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् । 

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । 

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै