• २०८१ बैशाख ७ शुक्रबार

राजधानीमा बन्दको प्रभाव न्युन, अन्य क्षेत्रमा सवारी तोडफोड देखि बम विष्फोटसम्म

kharibot

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अवज्ञ गरेको भन्दै देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु राख्ने देखि बम बिष्फोट गर्ने सम्मका क्रियाकलाप गरेको छ ।

राजधानीमा बिहान देखि बन्दको प्रभाव नरहेपनि दिउँसो काठमाडौंको तिनकुनेमा भेटिएको शंकास्पद वस्तुले सवारी आवामन देखि स्थानीयमा भयको अवस्था श्रृजना भएको थियो ।

भने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ । बन्दकर्ताले सर्वसाधारणलाई तर्साउन शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ । त्यस्तै देशका अन्य भागमा पनि विप्लव नेतृत्वका नेकपाका कार्यबर्ताले बन्दको अवञ गरेको भन्दै तोडफोड गरेका छन् ।

बाजुरा

बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो । 

बागलुङ

बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए ।

गएराति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । विष्फोटनभएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायीको घरको सिसा चर्केको छ । धवलागिरि चोकमा भएको विष्फोटनबारे भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । 

धनगढी

बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले धनगढीमा तोडभोड गरेका छन् । एक निजी जिपमाथी तोडभोड गर्नुका साथै दर्जन बढी गाडिलार्इ नियन्त्रणमा लिएको जनाएको छ । यस्तै देशका अन्य क्षेत्रमा पनि तोडभोड र बम विसफोट समेत गरेको थियो । 
दाङ

तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका तीनैजनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । 

 कास्की

कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

विप्लव माओवादीले बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो । घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

दमक

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् ।विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।

विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । बन्दकर्ताले स्थानीयलाई तर्साउनका लागि सामान्य पटका पड्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै