• २०८१ बैशाख ५ बुधबार

टर्कीमा १३ सय डलर फिरौती बुझाएर फर्किएकाको उजुरीपछि पञ्जियार पक्राउ

kharibot

फाइल तस्बिर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १३ लाख ठगी टर्की पठाउने एक जनालाई पक्राउ गरेको छ । 

सीआईबीले सप्तरी बैखा १ का २८ वर्षीय मानव ओसारपसार गर्ने ओम प्रकाश कुमार पञ्जियार पक्राउ परेका हुन् ।

उनलाई पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पञ्जियारले टिकाराम विश्वकर्मा र किरण मगर नामका दुई जनालाई तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेर टर्की पठाएका थिए ।

टर्कीमा दुवै जना अपहरण परेर १३ सय डलर बुझाउन बाध्य भएका थिए ।

फिरौती बुझाएर फर्किएपछि उनीहरुले सीआईबीमा उजुरी दिएको प्रहरीको भनाइ छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै