• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता, २५ करोड सहयोगको प्रतिबद्धता 

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

शुक्रबार साँझ भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकारको तर्फबाट २५ करोड रुपैयाँबराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको बताइएको छ । प्रधानमन्त्री देउवाले सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै