• २०८१ बैशाख ७ शुक्रबार

नेप्से फेरी घट्यो : बीमा समुहको सुचकमा एकै दिन एक सय १० अंकले गिरावट

kharibot

काठमाडौ । नेप्सेमा पुन गिरावट आएको छ । यसअघि दुई दिन बढेर १४ सय अंकमा पुगेको नेप्से साताको तेस्रो कारोवार दिन मंंगलबार १७ दसमलव १८ अंंकले घटेर १३ सय ९६ दसमलव ७२ बिन्दुमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दसमलव ६६ अंकले घटेर दुई सय ९५ दसमलव ५० बिन्दुमा झरेको छ । आज कुल एक सय ६० कम्पनीहरुको चार हजार एक सय ७८ वटा कारोवारमा १० लाख १९ हजार छ सय ९० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ५८ लाख ९६ हजार छ सय ७७ रुपैयाँ पुगेको छ । 

आज १० वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहको सुचक क्रमश तीन दसमलव ३५ र शुन्य दसमलव ३८ अंकले बढेपनि बाँकी समुहको सुचकमा उच्च अंकले गिरावट आएको छ ।

बीमा समुहको सुचक आज एकै दिन एक सय १० दसमलव ५६ अंकले घटेर सात हजार ७० दसमलव ६० बिन्दुमा झरेकोमा छ करोड छ लाख ४८ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक पनि १५  दसमलव ३९ अंकले घटेर १२ सय २४ दसमलव १६ बिन्दुमा झरेकोमा १६ करोड २६ लाख ८४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक १८ दसमलव २८ अंकले घटेर १५ सय ८८ दसमलव ९७ विन्दु झरेकोमा दुई करोड ५४ लाख ७७ हजार दुई सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज २५ दसमलव ४२ अंकले घटेर १७ सय ६३ दसमलव ६९ बिन्दुमा झरेकोमा एक करोड ७२ लाख ६२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक आज फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य पाँच रुपौयाँ १० पैसाले बढेर दुुई सय छ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको समिट माईक्रो फाईनान्स डेभलपमेन्ट बैकको सेयर मुल्य पाँच रुपैयाँ ८४ पैसाले घटेर ११ सय ६० रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ ११ सय रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ७० लाख ६२ हजार पाँच सय रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी ओम डेभलपमेन्ट बैकको संस्थापक सेयर तर्फ पनि आज दुुई सय ४० रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड १५ लाख १२ हजार एक सय ६० रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै