• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पका छोरा भारत भ्रमणमा

kharibot

नयाँदिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्  । 

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने भएका छन्  । 

राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका छन । राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेको मिडिया रिपोर्टमा बताइएको  छ । 

भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने छन् । 

“अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै