चिनियाँ मिडियालाई अन्तर्वार्ता दिदै प्रधानमन्त्री ओलीको बुढीगण्डकी गेजुवालाई दिने संकेत 

खरीबोट
ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना फेरी चिनियाँ कम्पनि गेजुवालाई दिने संकेत गरेका छन् ।

चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बुढीगण्डकी आयोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीसँगको सम्झौता खारेज गर्ने अघिल्लो सरकारको निर्णय उल्टाउने संकेत गरेका हुन् ।

ओलीले दिस विक इन एसियाका लागि दिएको अन्तर्वार्तामा-‘यस परियोजना रद्द गर्दा राजनीतिक पूर्वाग्रह वा प्रतिस्पर्धी कम्पनीको दबाबले पनि महत्वपूर्ण काम गरेको हुन सक्छ । तर हाम्रा लागि जलविद्युत् नै मुख्य ध्यान हो र जेसुकै होस् हामी बुढीगण्डकी परियोजना फेरि सुरु गर्नेवाला छौं ।’ भनेका छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उर्जा मन्त्रालयले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउन गेजुवासँग सम्झौता गरेको थियो ।

तर त्यसपछिको देउवा सरकारका उर्जामन्त्री कमल थापाले गत कात्तिक २८ गते चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेर स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको थियो ।
 

सम्बन्धित समाचार

चीन भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा संसदलाई जानकारी 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । सोमबार संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारपूर्णरुपमा सुशासन र विकासमा केन्द्रित हुने बताएका छन् । संघियता

चीनको ‘डेब्ट डिप्लोमेसी’ र प्रधानमन्त्री ओलीको चीन भ्रमण 

काठमाडौं । प्रधानमन्त्री ओली मंगलबार पाँचदिने चीन भ्रमणका लागि बेइजिङ जानलागेका छन् । भ्रमणलाई लिएर विविध पक्षबाट विविधखाले टीकाटिप्पणी सुरु भइसकेको छ । खासगरी ओलीको चीन भ्रमणलाई भारतले शंकास्पद रुपमा पक्कै

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् ।  चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने, “तपार्इँहरु सबैको

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।  चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन