सेनाद्वारा बम निष्क्रिय

खरीबोट
ad

बागलुङ । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

गएराति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । विष्फोटनभएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायी श्रीधर कँडेलको घरको सिसा चर्केको छ । धवलागिरि चोकमा भएको विष्फोटनबारे भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । 

मध्यरातमा ठूलो आवाजसहित विष्फोटको आवाज आएपछि सर्वसाधारण त्रस्त भएका थिए । आज बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका गरिएको छ । बन्दका कारण बागलुङलगायत धवलागिरि क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको जनाइएको छ । बन्दका कारण यातायात, बजार ठप्प छ । 

सम्बन्धित समाचार

सलमानको रेस ३ तीन दिनमा सय करोड क्लबमा

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ ले रिलिजको तीन दिनमा सय करोडको व्यापार गरेको छ ।  रिलिजको पहिलो दिन रेस-३ ले शानदार सुरुवात गरेको रेस ३ ले दोस्रो

दमकका नगर प्रमुख रोमनाथ ओली लक्षित बम निष्क्रिय

दमक / झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।  दमक–६ स्थित प्रधानमन्त्री केपी

अरुण तेस्रोको कार्यालयमा फेरी बम प्रहार

संखुवासभा । अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ ।  बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको

विश्वकपको समुह ए मा रसिया घरेलु दर्शकको दबाबमा, उरुग्वे सबैको फेभरेट

काठमाडौँ । विश्वकप फुटबलमा सहभागी ३२ देशलाई ८ समुहमा बिभाजन गरेर लिग चरणका खेलहरु खेलाइदै छ । हरेक समुह रहेका टिमले एक अर्कासँग एक एक पटक खेल्ने छन् । समुहमा