• २०८१ बैशाख १२ बुधबार

‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७४’ कार्यान्वयनमा

kharibot

फाइल तस्विर

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा चोट वा अवहेलना नहुनेगरी समाचार सम्प्रेषण गर्नुपर्नेलगायत व्यवस्था भएको ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७४’ कार्यान्वयनमा आएको छ । 

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता २०७३ को दफा १२ बमोजिम जारी सो निर्देशिकामा अपाङ्गतासम्बन्धी प्रयोग गर्न हुने र नहुने शब्दावली, उखान टुक्कासमेत समावेश गरिएको छ । 

नेपाल अपाङ्ग महिला संघले सो निर्देशिकाका सम्बन्धमा यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा काउन्सिलले सो निर्देशिका कार्यान्वयनमा अनुगमन र अगुवाइको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो । 

नेपाल राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष टीका दाहालले आफूहरुकै परामर्शमा सो निर्देशिका ल्याइएकाले पत्रकार र सञ्चारमाध्यमले संवेदनशीलता अपनाउनुपर्ने बताए । 

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकार आचारसंहिताको मूल अंगमै निर्देशिकाका विषयवस्तु समावेश गर्नुपर्ने विचार व्यक्त गरे । 

काउन्सिलका सह प्रशासकीय अधिकृत दीपक खनाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीप्रसाद अधिकारी, संघका अध्यक्ष निर्मला धिताल लगायतले निर्देशिकाको कार्यान्वयनमा आमसञ्चार र सामाजिक क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै