• २०८१ बैशाख ७ शुक्रबार

स्टार किड्सको धमाधम डेभ्यु, सुनील शेट्टीका छोरा आहान पनि बलिवुडमा आउदै 

kharibot

मुम्बई । बलिवुडमा स्टारका छोराछोरीहरु आउने क्रम बढेको छ । 

यस बर्ष मात्र शाहिद कपुरका भाई इशान खट्टर, सैफअलि खानकी छोरी सारा अलि खान, श्रीदेवीकी छोरी जान्ह्वी कपुर, चंकी पाण्डेकी छोरी अनान्य पाण्डे बलिवुडमा आउदै छन् । 
यसैक्रममा ९० को दशकका चर्चित अभिनेता सुनील शेट्टीका छोरा आहान शेट्टी पनि बलिवुडमा आउन लागेका छन् ।

आहानलाई बलिवुडका चर्चित फिल्म मेकर करण जोहरले साइन गरेका छन् । फिल्ममा आहानको अपोजिटमा सारा अलि खानलाई लिइएको बताइएको छ । यस फिल्मलाई करणका अलावा साजिद नाडियाडवालाले पनि प्रोड्युस गर्ने भएका छन् ।

करण जोहरले स्टुडेन्ट अफ द इयर-२ मा चंकी पाण्डेकी छोरी अनान्य पाण्डेलाई लन्च गर्दै छन् भने फिल्म धड़कमा इशान खट्टर र जान्ह्वी कपुरलाई लन्च गर्दै छन् ।

त्यस्तै अर्की चर्चित सेलिब्रेटी किड्स सारा अलि खान भने फिल्म केदारनाथबाट डेभ्यु गर्ने भनिएको भए पनि प्रोड्युसरहरुको विवादका कारण फिल्म रोकिएको छ । अब साराले करण जोहरकै रोहित शेट्टीले निर्देशन गर्ने फिल्म सिम्बाबाट डेभ्यु गर्ने चर्चा पनि चलेको छ ।     
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै