स्टार किड्सको धमाधम डेभ्यु, सुनील शेट्टीका छोरा आहान पनि बलिवुडमा आउदै 

खरीबोट
ad

मुम्बई । बलिवुडमा स्टारका छोराछोरीहरु आउने क्रम बढेको छ । 

यस बर्ष मात्र शाहिद कपुरका भाई इशान खट्टर, सैफअलि खानकी छोरी सारा अलि खान, श्रीदेवीकी छोरी जान्ह्वी कपुर, चंकी पाण्डेकी छोरी अनान्य पाण्डे बलिवुडमा आउदै छन् । 
यसैक्रममा ९० को दशकका चर्चित अभिनेता सुनील शेट्टीका छोरा आहान शेट्टी पनि बलिवुडमा आउन लागेका छन् ।

आहानलाई बलिवुडका चर्चित फिल्म मेकर करण जोहरले साइन गरेका छन् । फिल्ममा आहानको अपोजिटमा सारा अलि खानलाई लिइएको बताइएको छ । यस फिल्मलाई करणका अलावा साजिद नाडियाडवालाले पनि प्रोड्युस गर्ने भएका छन् ।

करण जोहरले स्टुडेन्ट अफ द इयर-२ मा चंकी पाण्डेकी छोरी अनान्य पाण्डेलाई लन्च गर्दै छन् भने फिल्म धड़कमा इशान खट्टर र जान्ह्वी कपुरलाई लन्च गर्दै छन् ।

त्यस्तै अर्की चर्चित सेलिब्रेटी किड्स सारा अलि खान भने फिल्म केदारनाथबाट डेभ्यु गर्ने भनिएको भए पनि प्रोड्युसरहरुको विवादका कारण फिल्म रोकिएको छ । अब साराले करण जोहरकै रोहित शेट्टीले निर्देशन गर्ने फिल्म सिम्बाबाट डेभ्यु गर्ने चर्चा पनि चलेको छ ।     
 
 

सम्बन्धित समाचार

प्रेमिका पिटेको आरोपमा बलिवुड अभिनेता अरमान कोहली पक्राउ 

काठमाडौँ । बलिवुड अभिनेता अरमान कोहलीलाई आफ्नी प्रेमिकालाई पिटेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । उनकी प्रेमिका नीरु रंधवालाई कोहलीले पिटे पछि केहि साता अघि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई

बलिवुडको पहिलो फिल्म राजा हरिशचन्द्रका केहि रोचक तथ्य 

मुम्बई । बलिवुडमा पहिलो फिल्म बनेको सय बर्षभन्दा बढी समय भइसकेको छ । सन १९१३ मा कैयौ मुस्किलको सामना गर्दै राजा हरिशचन्द्र फिल्मको निर्माण गरियो जसले बलिवुड फिल्म इतिहासमा आफुलाई सधै

हाइप्रोफाइल सेलिब्रेटीहरुको सस्तो कार, बलिवुडका कुन सेलिब्रेटी कस्तो कारमा हिड्छन् ?

काठमाडौँ । बलिवुडमा सेलिब्रेटीको कमाई अनुसारको फेशन र विलासी जीवन हुने कुरा त सामान्य नै हो । तर बलिवुडको चमक धमकका बीच केहि यस्ता स्टारहरु छन् जसको जीवनशैली अत्यन्त सामान्य

बलिवुडका सेलिब्रेटीहरुले विज्ञापनमा कति पैसा लिन्छन् ?

काठमाडौं । बलिवुडमा सुपरस्टारहरु फिल्ममा अभिनय गरेर करोडौ कमाएको त हामीले सुनेका छौ तर ति स्टारहरुको कमाईको ठुलो स्रोत विज्ञापनको कमाई पनि बनेको छ ।  बलिवुडमा सुपरस्टारहरुले विज्ञापनमा काम गरे वापत