सदायको शव फेला, हत्याको आशंका

खरीबोट
ad

लहान ।  सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । 

स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । 

सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिए । 

बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ । 

गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिए । 

सम्बन्धित समाचार

सिरहामा सीतापुर बजारको स्वरुप फेरिँदै

लहान /  अतिक्रमित र कुरुप बजारको रुपमा परिचित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ ।  सम्बन्धित निकायको उपेक्षाका कारण कुरुप बनेको सीतापुर बजारको स्वरुप

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

लहान / पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् ।  कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत

एनआईसी एशिया बैंकद्वारा सिरहाको भोक्राहामा आठौ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठौ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

सिरहाका ४४ बेपत्तासम्बन्धी निवेदनमा छानविन शुरु

लहान । सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ ।  बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त