जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

खरीबोट
ad

बाजुरा।  बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । 

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ । रिफर गरिएकामध्येको टाउकोमा चोट लागेको छ । 

कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य भइरहेको वलीले बताए । 

सम्बन्धित समाचार

मुग्लिन-नारायणगढ सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग

रत्ननगर, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा / यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन

यतीको विमान पोखरामा दुर्घटनाबाट जोगियो, चिप्लिएर घाँसे मैदानमा पुग्यो विमान 

पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम विमान अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।  विमानस्थलका अनुसार अवतरणपछि विमान फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर

कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

नोम्पेन्ह । कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् ।  उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उनीहरुको अवस्था गम्भीर नरहेको र