• २०८१ बैशाख ८ शनिबार

फुटबलर बिक्रम लामा अस्पतालबाट डिस्चार्ज 

kharibot

काठमाडौँ  । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका पुनस्थापनात्मक उपचारपछि आज डिस्चार्ज भएका हुन् । 

नौ दिन अघि अस्पतालमा भर्ना भएका लामाको सोही दिन राती बरिष्ठ अर्पेथोडिक सर्जन डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो । लामाको भोलीपल्ट आइतबार देखिनै फिजियोथेरापि समेत शुरु गरिएको थियो । 

हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई डिस्चार्ज गरीएको डा. चक्रराज पाण्डेले जानकारी दिएका छन् । लामा ६ देखी ८ महिनामा खेल मैदानमा फर्कन सक्ने समेत डा. पाण्डेले जानकारी दिएका छन् ।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिस विरुद्ध खेल्दा घाइते भएका लामालाई तत्काल ग्राण्डी अस्पतालमा ल्याइएको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै