• २०८१ बैशाख ४ मंगलबार

नवलपरासीमा स्थानीय व्यापारी र प्रहरीबीच झडप

kharibot

फाइल तस्बिर

नवलपरासी । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा आज प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । 

महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् । 

महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुु¥याउनका लागि गाडीमा राख्ने क्रममा स्थानीय व्यापारीले सोहि भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए । 

प्रहरीले बल प्रयोग गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैध भन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी बर्दघाट–सूस्ता पश्चिम का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए । 

कपडा र सवारी साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यस अगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो । 

उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार ९राजश्व संकलन० काटेर नेपालतर्फ लैजाने सहमति यस अगावै भए पनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैध भन्दा पनि यसवारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै