• २०८१ बैशाख ४ मंगलबार

भूकम्पछि वल्र्डभिजनको रु ४१ करोड खर्च

kharibot

त्रिशूली । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेशनलले भूकम्प प्रतिकार्यका लागि जिल्ल्लामा रु ४० करोड ९४ लाख १४ हजार खर्च गरेको छ । 

विसं २०७२ वैशाखको भूकम्पपछि भूकम्प प्रतिकार्यका लागि आएको अन्तर राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजनले जिल्लामा स्वास्थ्य, जीविकोपार्जन, सरसफाइ, खानेपानी, बालसंरक्षण तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजनका जिल्ला प्रबन्धन मानवीर विश्वकर्माले जानकारी दिए ।

जिल्लामा सामुदायिक तथा व्यवासायिक विकास प्रबद्र्धन समाज र गेर्खुटार युवा क्लबको साझेदारीमा विदुर नगरपालिका तथा सूर्यगढी र तादी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो ।

नुवाकोटमा परियोजनाले २० खानेपानी आयोजनाको निर्माण तथा पुनर्निर्माण, तीन विद्यालय भवन निर्माण तथा पुनर्निर्माण, दुई हजार ४७ शौचालय निर्माण, छ किशारकिशोरी युवा र बालमैत्री स्थानको निर्माणलगायत काम गरेको प्रबन्धक विश्वकर्माले जानकारी दिए । परियोजनाबाट जिल्लामा हजारौँ लाभान्वित भएको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै