• २०८१ बैशाख ४ मंगलबार

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ । 

प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै