• २०८१ बैशाख ११ मंगलबार

बाघी २ नआउँदै बाघी ३ को घोषणा, टाइगर श्राफले ‘लिड’ गर्ने

kharibot

बलिउड । बलिउड अभिनेता टाइगर श्राफले बाघी सिरिजको तेस्रो फिल्ममा लिड भूमिका निभाउने भएका हुन् । यस फिल्ममा पनि टाइगर मुख्य भुमिकामा रहनेछन् । बाघी २ रिलिज हुनुभन्दा पहिला बाघी ३ को घोषणा गरिएको हो ।

फिल्मका निर्देशक अहमद खानले निर्देशन गरेको उक्त फिल्मको निर्माता सजिद नाडियाडवालाले गरेका छन् ।

यस सिरिजको पहिलो फिल्म बाघी २०१६ मा रिलिज भएको थियो । जसमा टाइगर श्राप र श्रद्धा कपुर देखिका थिए । फिल्ममा दुबैजनाले जबरजस्त एक्सन गरेको कारण उक्त फिल्म दशकले खुब रुचाएका थिए ।

बाघी २ मा पनि टाइगरले एक्सन देख्न सकिन्छ । यस फिल्ममा टाइगरको साथमा दिशा पटानीको भुमिका देखिएको छ । यस फिल्मको सुटिगं पुरा गर्नको लागि ५० करोड लागेको बताएका छन् । 

उक्त फिल्म २१ फेब्रअरी अर्थात् बुधबार रिलिज हुँदै छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै