• २०८१ बैशाख ८ शनिबार

चालू आव सुुरु भएयता ३४ कम्पनीले पाए १९ अर्ब २२ करोडको हकप्रद अनुुमति

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुुईवटा संस्थाको हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले देव विकास बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुुमति दिएको हो । 

देव विकास बैंकले हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट १० बराबर चारको अनुुपातमा ६६ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको छ । 

बोर्डका अनुसार सो बैंकले बिक्री प्रर्वन्धक एनआईबिएल क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६६ लाख ३३ हजार एक सय आठ दशमलव ५९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुुमति पाएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार राष्ट्रियस्तरका विकास बैंकरुले न्युुनतम दुुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि देवले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर ६० को अनुपातमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको छ ।

कम्पनीले बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ९७ लाख ६३ हजार दुुई सय कित्ता हकप्रद सेयरको लागि अनुुमति पाएको छ । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको हो । 

बोर्र्डले चालू आर्थिक वर्ष सुरु भएदेखि यता हालसम्म ३४ वटा कम्पनीहरुलाई १९ अर्ब २२ करोड ५३ लाख ७८ हजार  आठ सय १६ रुपैयाँ बराबरको १९ करोड २२ लाख ५३ हजार सात सय ८८ दशमलव १६ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमति दिइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै