• २०८१ बैशाख ४ मंगलबार

मन्त्री नपाएपछि एमाले नेता शाहीद्वारा सांसद र पार्टीबाट राजीनामा 

kharibot

काठमाडौँ । मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । प्रदेश ६ को सभामुखको दाबेदार रहेका एमाले नेता शाहीले सभामुख नपाएपछि मन्त्री पदको आशा गरेका थिए । 

तर पार्टीले सभामुखमा दैलेखका राजबहादुर शाहीलाई छान्यो भने उनि आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा पनि नाम समावेश नभए पछि असन्तुष्ट बनेका हुन् । 

उनले आफुले अपमानित महशुस गरेकोले राजीनामा दिनु परेको बताएका छन् ।

उनी २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आइतबार मुख्यमन्त्री शाहीले गठन गरेको मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसी माओवादी केन्द्रका तर्फबाट नियुक्त भए।

त्यस्तै, नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्री भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह वुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावल सामाजिक विकास मन्त्रालयमा नियुक्त भए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै