• २०८१ बैशाख ६ बिहीबार

पाँच हजार वर्षपछिको समयमा पुगेर फर्किए यी ‘टाइम–ट्राभलर’ ! प्रमाणका लागि तस्बिर देखाए !

kharibot

उत्तर अमेरिका । एक जना एडवार्ड नाम गरेका मानिसले आफू समयसँगै यात्रा गर्नसक्ने दाबी गरेका छन् । एपेक्स टिभीमा पोष्ट गरिएको चाखलाग्दो भिडियोमा उनले भविष्यको तस्बिरबारे पनि खुलासा गरेका छन् ।

भिडियो फुटेजको सुरुवातमा एडवार्ड, जसको मुहार लुकाइएको छ, उनले सन् २००४ मा गोप्य परीक्षणको एक भाग आफू पनि रहेको र त्यसले नै आफूलाई ‘टाइम–ट्राभलर’ बनाइदिएको दाबी गरेका हुन् । 

सो क्रममा उनले उक्त परीक्षण आफूले स्वीकारी आउँदो पाँच हजार वर्षको यात्रा गरेको दाबी गरेका छन्, जतिबेला विश्वमा नाटकीय परिवर्तन आएको हुनेछ । पाँचहजार वर्षको अग्रिम यात्राको प्रमाणस्वरुप आजको समयमा आउनुअघि उनले एउटा तस्बिर खिचेको दाबी उनको छ । यसले आप्mनो आगामी पाँच हजार वर्षको यात्राको प्रमाण दिने उनले बताएका छन् । 

  • भिडियो हेर्नुहोस् : 

 

त्यसो त उनले अमेरिकी सहर लस एन्जेल्सको तस्बिर खिचेका छन् । मनै सिरिंग पार्ने उक्त तस्बिरमा लस एन्जेल्स पानीमुनि रहेको हुन्छ । उक्त भिडियो क्लिपको अन्तिममा एडवार्डले दर्शकहरुसँग आफ्नो दाबीलाई कसरी लिएको भनी सोधेका छन् । 

हुन त टाइम ट्राभल गरेको भनी दाबी गर्ने एडवार्ड एक्ला होइनन् । गत हप्तामात्रै एक जना नोह नामका व्यक्तिले पनि आफूले मानिसहरु कहिले मंगलग्रहमा पुग्नसक्छन् भनी ठोकुवा गर्न सक्ने बताएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै