• २०८१ बैशाख ८ शनिबार

जिसस कपिलवस्तुमा कांग्रेस विजयी

kharibot

कपिलवस्तु । जिल्ला समन्वय समितिको आज तौलिहवामा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समूह विजयी भएको छ । 

कांग्रेसका तर्फबाट जिसस प्रमुखमा नारायण खनाल र उपप्रमुखमा तारावतीकुमारी चौधरी विजयी भएका हुन् । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच तालमेल भएको थियो । खनालले १२ मत ल्याएर एमालेका उम्मेदवार नेत्र प्रसाद गिरीलाई पराजित गरेका गरेका छन् । गिरीले ७ मत ल्याएका थिए ।

सदस्यमा अनुपकुमार पाण्डेय, तेजबहादुर रायमाझी, घनश्याम मौर्य, कुन्ती पासी, प्रमिला मल्ल, सठिया थरुनी र काजु ताडिवान विजयी भएको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै