• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रियसभामा देउवा सरकारद्वारा सिफारिस तीनजनाको नाम फिर्ता लिने निर्णय

kharibot

काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा भने कुनै जानकारी गराइएको छैन । सिफारिस तीनजनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताईएको छ ।  

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारले चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस सदर नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छिन् । 

५९ सदस्यीय राष्ट्रियसभामा तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले अध्यक्ष ओली नेतृत्वमा नयाँ सरकार बनेपछि बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सिफारिस नाम फिर्ता लिने निर्णय गरेको हो ।

संविधानसम्मत सिफारिस नाम फिर्ता लिए त्यसको विरोध गर्ने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै