• २०८१ बैशाख ७ शुक्रबार

मुवाँथाईको अन्तर्राष्ट्रिय प्रशिक्षक मेन्नोइ नेपालमा

kharibot

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय सेमीनारका लागि मुवाँ थाईका अन्तर्राष्ट्रिय प्रशिक्षक ताउईसाक मेन्नाइ नेपाल आइपुगेका छन् । 

नेपाल राष्ट्रिय मुँवाथाई संघले आयोजना गरेको अन्तर्राष्ट्रिय सेमीनारमा प्रशिक्षण गराउन मोनो नेपाल आएका हुन् । शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय मुवाँथाई संघका

अध्यक्ष गणेशलाल कक्षपती,अन्तर्राष्ट्रिय प्रो.मुँवाथाई फाइटर उमेश श्रेष्ठ, चिलिका मुवाँथाई फाइटर फसवाज, मुँवाथाईका प्रशिक्षक सन्तोस घलानलगायतले स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय मुँवाथाई सेमीनार ३ दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष कक्षपतीले बताए । ३ दिनसम्म चल्ने सेमीनारमा जिल्ला,विभाग र केन्द्रका गरी २० मुँवाथाइ प्रशिक्षक र खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । सेमीनार त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण केन्द्रमा हुनेछन् । 

थाइल्यान्ड राष्ट्रिय टिमका पूर्वखेलाडीसमेत रहेका मेन्नोईले कुल १ सय ५० प्रोफेसनल फाइटमा प्रतिस्पर्धा गरेको संघका अध्यक्ष कक्षपतीले बताए । 

१५औँ तहका प्रशिक्षक मेन्नोई सिम्यौत थाइ मार्सलआर्ट एकेडेमीका सचिवसमेत हुन् । अन्तर्राष्ट्रिस्तरका सफल मास्टरको प्रशिक्षण पश्चात नेपालमा मुँवाथाई खेलको स्तर बढ्ने कक्षपतीले विश्वास ब्यक्त गरे । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै