प्रदेश नं ६ को पहिलो मन्त्रिपरिषद् बैठकद्वारा २१ निर्णय पारित [हेनुहोस्]

खरीबोट
ad

सुर्खेत । प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ । 

नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय पारित गरेको छ । 

जसमा प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ र प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बैठकले पारित गरेको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले कर्णालीका डोल्पा र हुम्ला जिल्लामा सडक पु¥याउने पहिलो प्राथमिकता बनाएको छ । 

त्यस्तै बैठकले उत्तरका तीन नाका खोल्न पहल गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक गाउँपालिकामा एक घरेलु उद्योगको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम सञ्चालन गर्ने, हरित प्रदेश निर्माण गर्ने, कृषिमा अर्गानिक प्रदेश निर्माण गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने रहेका छन् । 

त्यस्तै एक समूह एक सहकारी निर्माण, डिजिटल प्रदेश निर्माणलगायतका निर्णय पारित गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । 

मन्त्रीहरुद्वारा पदभार ग्रहण 

प्रदेश नं ६ का छजना मन्त्रीले आज आफ्नो पदबहाली गर्नुभएको छ । आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई शपथ खुवाएपछि मन्त्रीहरुले आइतबार अपराह्न ४ बजे आ–आफ्नो मन्त्रालयमा पुगेर पद बहाली गर्नुभएको हो । 

प्रदेश नं ६मा नयाँ आउने मन्त्रीको स्वागतका लागि कर्मचारीहरु बिहानैदेखि तयार भएर बसेका थिए । यो प्रदेशको सानो आकारको मन्त्रिमण्डलको आजै शपथ गरी आजै मन्त्रालयमा पुगेर मन्त्रीले आफ्नो पदबहाली गर्नुभएको छ । 

माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा विमला केसीले आजै पदभार ग्रहण गर्नुभएको छ । 

त्यस्तै नेकपा (एमाले)का तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्रालयमा खड्ग खत्री, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा र सामाजिक विकास मन्त्रालयमा दल रावलले पनि आजै आफ्नो पद बहाली गरेर मन्त्रालयको कामकाज सम्हालेका छन् ।

सम्बन्धित समाचार

मन्त्री भण्डारीद्वारा मन्त्रालयका कार्ययोजना सार्वजनिक

सुर्खेत । प्रदेश नं ६ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मन्त्रालय सुधारको कार्ययोजना सार्वजनिक गरे ।  मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि तीनवटा योजना सार्वजनिक गरेका

‘प्रदेश सरकार समावेशी बन्न सकेन’

सुर्खेत । प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् ।  समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् ।

प्रदेश नं ६ को पहिलो मन्त्रिपरिषद् बैठकद्वारा २१ निर्णय पारित [हेनुहोस्]

सुर्खेत । प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ ।  नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१

प्रदेश नं ६ मा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री?

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्र बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री