• २०८१ बैशाख ६ बिहीबार

वीरगञ्जबाट पेस्तोलसहित युवक पक्राउ

kharibot

पर्सा । वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । 

नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट हतियार बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

गस्तीमा रहेको प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिई जाँच गर्दा स्वचालित पेस्तोल एक थान र सोमा प्रयोग हुने म्यागजिन एक थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । 

पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान भइरहेको र उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै